विराटनगर-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।
माओवादी केन्द्र, नेकपा एससहित दर्जनभन्दा बढी वाम घटकहरू मिलेर गठन भएको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान सञ्चालन गरिरहेको छ ।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडा लगायतका शीर्ष नेताहरू उपस्थित छन् ।
सभामा तीन जना पूर्वप्रधानमन्त्रीहरु दाहाल, नेपाल र खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्नेछन् ।
राजनीतिक रूपमा संवेदनशील मानिएको विराटनगरमा यी शीर्ष नेताहरूले साझा मञ्चबाट देशको वर्तमान अवस्था, राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरुद्ध सम्बोधन गर्ने जनाइएको छ।
एकता अभियानलाई जनस्तरमा सुदृढ बनाउने उद्देश्यले आयोजित सभामा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू विराटनगर आइपुगेका छन् ।