mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाखको बिगो

क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाखको बिगो

  • शुक्रबार, पुस ४, २०८२
क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाखको बिगो

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो । आयोगले ७ जनालाई प्रतिवादी बनाए पनि अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीमात्रै पक्राउ परेका छन्।

अन्य ५ जना फरार छन्। अधिकारी र भण्डारीलाई भने थुनामै राखेर मुद्दा थुनछेक गर्ने अख्तियारको तयारी छ।

विशेष अदालतले थुनामै राख्न अनुमति दिए उनीहरूले हिरासतमा बस्नुपर्नेछ। यसअघि अनुसन्धान गर्दा भने अख्तियारले तारेखमा राखेर बयानलगायतका प्रक्रियाअगाडि बढाएको थियो।

तारेख बुझ्नकै लागि बुधबार अख्तियार पुगेका उनीहरूलाई पक्राउ गरेर अभियोग पत्रका साथ विशेष अदालतमा लगिएको हो।

अख्तियार स्रोतका अनुसार उनीहरुमाथि भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप छ। यद्यपी अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन् ।

सम्बन्धित समाचार