काठमाडौं-नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लगाएको छ ।
बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको टुंगो लगाएको हो ।
एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार, महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी कुल २१५४ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।
त्यस्तै, केन्द्रीय सल्लाहकार परिषदका ३०९ सदस्यहरूको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।
एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पस् समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नाराका साथ उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिनेछ ।