AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

  • शुक्रबार, पुस ४, २०८२
प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ। विभिन्न १६ कम्युनिस्ट घटकलाई मिलाएर गठित नेकपाले शनिबार ११ः३० बजेदेखि प्रदेशस्तरीय सन्देशसभा गर्न लागेको हो

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ। भोलि हुने प्रदर्शन उपत्यकाका विभिन्न ठाउँहरुबाट पार्टी स्थायि समितिका सदस्यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, बुढानीलकण्ठ, गोकर्णेश्वर, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने भएका छन् ।

यस्तै भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट कोटेश्वर हुँदै आउने जनसमुदाय बबरमहलमा बिहान ११ बजे जम्मा हुने छन् । त्यसपछि विभिन्न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भइ मुख्य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डप जानेछ। भृकुटीमण्डपमा हुने विशाल एकता सन्देश सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

सम्बन्धित समाचार