mega darknetmega darknet
AarthikBikash
सोमवार, पुस ७, २०८२

हालको खबर

  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

  • सोमवार, पुस ७, २०८२
भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ मा भएको अकल्पनीय घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन महामन्त्री थापाले भने- ‘म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ । म भए लिन्थेँ ।’

सडकमा आक्रोश व्यक्त हुनु स्वाभाविक भएको पनि उनको भनाइ छ ।

उनले थप भने- ‘भदौ २३ गते एउटा अकल्पनीय घटना भयो । नेपालको इतिहासको एउटा दुःखद घटना, कालो दिन । जहाँ हाम्रा थुप्रै नौजवानहरू गुमायौँ । त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ । आक्रोश व्यक्त भयो सडकमा । त्यसको अर्को पाटो पनि छ । हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ ।’

एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिलेसम्म घटनाको जिम्मेवारी लिएका छैनन् । उनले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने पनि बताउँदै आएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा आइतबार अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै पटक पटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका छन् ।

सम्बन्धित समाचार