AarthikBikash
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • राजनीति
  • बालेन लक्षित शंकर पोखरेलको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

बालेन लक्षित शंकर पोखरेलको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

  • शुक्रबार, पुस २५, २०८२
बालेन लक्षित शंकर पोखरेलको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को हो भन्ने प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गरेका छन् ।

सोही सन्दर्भ जोड्दै उनले सिंहदरबार जलाउन उक्साउने अभिव्यक्ति कसले दिएको थियो भन्ने प्रश्न सार्वजनिक रूपमा उठाएका हुन् ।

‘अब प्रश्न गरौँ— भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

उनको टिप्पणी केही महिनाअघि मेयर बालेन शाहले सार्वजनिक बिदाको दिन उनकी पत्नी चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएको प्रसङ्गसँग जोडेर आएको हो ।

त्यस घटनापछि भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई स्मरण गराउँदै पोखरेलले त्यसको राजनीतिक र नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएका छन् ।

सम्बन्धित समाचार