AarthikBikash
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले केन्द्रीय समिति बैठक भोलिदेखि

एमाले केन्द्रीय समिति बैठक भोलिदेखि

  • शुक्रबार, पुस २५, २०८२
एमाले केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौं-नेकपा एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि सुरु हुँदैछ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार भोलि (पुस २६) बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

२७ गते सम्पन्न हुने बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने छ । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् ।

यस्तै एमालेले बैठकमा केन्द्रीय सदस्यहरूको उमेर समूह र परिचयसहित निर्वाचन आयोगमा समेत पेस गर्नुपर्ने भएकाले नागरिकताको प्रतिलिपि लिएर उपस्थित हुन भनिएको छ । प्रतिनिधिसभाको आसन्न चुनावअघिको यो बैठकले नीतिगत निर्णय लिने भएको छ ।

११ औँ महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि प्रथम बैठक पुस ४ गते बसेको थियो ।

सम्बन्धित समाचार