काठमाडौं-न्याय सेवा आयोगले एकै पटक ४४ जना सरकारी वकिललाई सरुवा गर्न न्याय परिषद् सामु सिफारिस गरेको छ । सरुवा कार्यान्वयनमा आएसँगै
उपसचिव वा सो सरहका सरकारी वकिलहरुको जिम्मेवारी पनि हेरफेर हुने भएको छ।
अब महान्यायाधिवक्ताको कार्यालयसहित देशका उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरु हेरफेर हुनेछन्।
न्याय सेवा आयोगले सरकारी वकिल समूहकै प्रथम श्रेणीमा ८ जनालाई बढुवा तथा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ। यी मध्ये ४ जनालाई जेष्ठताका आधारमा र ४ जनालाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्न सिफारिस गरिएको हो।
यस्तो छ सरुवा र पदस्थापनको सूचीः