काठमाडौं-जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गुरुङले फागुन २१ को निर्वाचनमा गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् ।
गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्-‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात । नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’
हामी नेपाल नामक एनजीओमार्फत् सामाजिक काम गरिरहेका गुरुङ जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका थिए ।
त्यस्तै गुरुङकै समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एक बनाएको समेत उनको दाबी रहेको छ ।