AarthikBikash
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • धनुषाको सतलोक आश्रममा दुई समूहबीच झडप, दर्जनौँ घाइते

धनुषाको सतलोक आश्रममा दुई समूहबीच झडप, दर्जनौँ घाइते

  • शनिबार, पुस २६, २०८२
धनुषाको सतलोक आश्रममा दुई समूहबीच झडप, दर्जनौँ घाइते

जनकपुरधाम – धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा दर्जनौँ घाइते भएका छन् ।

मिथिला नगरपालिका–२ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि दुई समूहबीच झडप भएको हो ।

स्थानीयवासीले सतलोक आश्रमले ऐलानी जग्गा हडपेर आश्रम निर्माण गरेको आरोप लगाउँदै नापजोख गरी जग्गा खाली गर्नुपर्ने माग गर्दै आएका थिए । सोहि क्रममा दुई समूहबीच झडप भएको हो ।

प्रहरीका अनुसार झडपमा घाइते हुने स्थानीय वासी रहेका छन् । झडपमा केही व्यक्तिको टाउको फुटेको, केहीको हात र खुट्टा चोट लागेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयहरूले जनकपुर ढल्के सडक अवरुद्ध गरेका छन् भने सखुबा–महेन्द्रनगरस्थित औरही पुलमा एक एम्बुलेन्समा तोडफोडसमेत गरेका छन् ।

प्रहरी घटनास्थलमा पुगेको भए पनि स्थिति अहिलेसम्म पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

घाइतेहरूको जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार