AarthikBikash
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रास्वपासँगको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

रास्वपासँगको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

  • शनिबार, पुस २६, २०८२
रास्वपासँगको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता भंग भएको छ । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको हो । मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । राजीनामा दिने क्रममा पनि उनले रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको बताएका थिए ।

यसअघि रवि र बालेनबीच सहमति हुँदा पनि कुलमानलाई समेटेर अघि बढ्नेगरी छलफल भएका थिए । यद्यपि कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा कुलमानसँग सहमति भएको थियो । रसम्म भएको दुई पक्षीय छलफलको प्रयास असफल भएसंगै उनेपाले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यसबारे औपचारिक जानकारी दिन उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । यस्तै आजै दिउँसो उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार