काठमाडौं-नेपाली कांग्रेसको आइतबारबाट सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र जारी छ ।
सोमबार बिहानबाट सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रस्तावहरु पेस गरेका छन् ।
ती प्रस्तावसहित अन्य विषयमाथि छलफलका लागि ९ वटा समूह गठन गरिएका छन् ।
जसमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश प्रदेशबाट चन्द्रशेखर यादव, बागमती प्रदेशबाट वीरेन्द्र सिंह समूहगत छलफलमा छन् । त्यस्तै गण्डकी प्रदेशबाट रेशम बानियाँ, लुम्बिनी प्रदेशबाट भुवन श्रेष्ठ, कर्णाली प्रदेशबाट नारायण भट्टराई र सुदूरपश्चिम प्रदेशबाट भरत खड्का छन् । त्यसैगरी उपत्यकाबाट प्रमोदहरी गुरागाईँ एवं भ्रातृ तथा शुभेच्छुक सङ्गठन,जनसम्पर्कबाट केशव निरौला र सीता सापकोटा सहभागी छन् ।
विशेष महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार ती समूहले महामन्त्रीद्वयको प्रतिवेदन र अन्य ४ विषयमाथि समेत छलफल गर्नेछन् ।
गठित समूहले छलफलका लागि तय भएका समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन लगायतका विषयमा छलफल गरेर सुझाव दिनेछ ।