AarthikBikash
बुधबार, माघ १, २०८२
  • होमपेज
  • राजनीति
  • विशेष महाधिवेशन: उम्मेदवार मनोनयनको समय सकियो, सभापतिमा गगन थापा मात्रै

विशेष महाधिवेशन: उम्मेदवार मनोनयनको समय सकियो, सभापतिमा गगन थापा मात्रै

  • बुधबार, माघ १, २०८२
विशेष महाधिवेशन: उम्मेदवार मनोनयनको समय सकियो, सभापतिमा गगन थापा मात्रै

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले मात्रै सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति स्रोतले जनाएको छ ।

विशेष महाधिवेशनले बुधबार १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्दैछ। केन्द्रीय समितिका निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको  स्रोतले जनाएको छ । मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यता सभापति शेरबहादुर देउवासंगको छलफल सकिएलगत्तै महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा भने कानुनी परामर्शमा छन् ।

सम्बन्धित समाचार