AarthikBikash
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा गरायो विशेष महाधिवेशनबारे जानकारी

गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा गरायो विशेष महाधिवेशनबारे जानकारी

  • बिहिबार, माघ २, २०८२
गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा गरायो विशेष महाधिवेशनबारे जानकारी

काठमाडौं-गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई लिखित र मौखिक रुपमा जानकारी गराएको छ।

बिहीबार दिउँसो निर्वाचन आयोग पुगेर सभापति गगन थापासहित सम्पूर्ण पदाधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन् ।

साथै नयाँ आएको केन्द्रीय कार्यसमितिको बारेमा जानकारीसहित अध्यावधिकका लागि जानकारी गराएको हो ।

त्यस्तै आयोगसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै सभापति गगन थापाले आफूहरुले विशेष महाधिवेशनको वैधानिकता पाउनेमा ढुक्क रहेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार