AarthikBikash
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • हृदयराम थानीले गरे चुनाव नलड्ने घोषणा

हृदयराम थानीले गरे चुनाव नलड्ने घोषणा

  • बिहिबार, माघ २, २०८२
हृदयराम थानीले गरे चुनाव नलड्ने घोषणा

सुर्खेत-आगामी निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट सुर्खेत २ बाट उम्मेदवार सिफारिस भएका हृदयराम थानीले आफू चुनाव नलड्ने घोषणा गरेका छन्।

उनले आफ्नो स्वास्थ्यको प्रतिकूलता देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन्।

उनले आफ्नो लेटरहेडमा लेखेका छन्- ‘म सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएको सबैलाई अवगत नै छ, अर्कोतिर म करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याले सहज रूपमा हिँडडुल गर्न सकिरहेको छैन म उपचार गरिरहेको छु। तसर्थ मेरो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र त्यसपछि सक्रिय हुन नसक्ने परिस्थिति देखिएकाले फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु।’

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थानी यसअघि सुर्खेत २ बाट संविधानसभा तथा प्रतिनिधिसभा सदस्य हुँदै आएका थिए। उनी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्। ६५ वर्षीय थानी २०५६, २०७० र २०७९ मा चुनाब जितेर सांसद भएका थिए । उनी पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री समेत हुन् ।

614331667_1187680320145128_454942598148827831_n-1768464239.jpg

सम्बन्धित समाचार