AarthikBikash
शनिबार, माघ ४, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने

कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने

  • शनिबार, माघ ४, २०८२
कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने

काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।

गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीले अप्राकृतिक गठबन्धन नगर्ने निर्णय पुनः सङ्कल्प गरेको हो ।

बैठकमा पार्टीभित्रको एकता, आगामी रणनीति र निर्वाचनतर्फको तयारी विषयमा समेत विस्तृत छलफल भइरहेको बताइएको छ ।

बैठकमा पार्टीका प्रमुख पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार