AarthikBikash
सोमवार, माघ ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौं महानगरीय प्रहरी बलको प्रमुखमा विष्णुप्रसाद जोशी

काठमाडौं महानगरीय प्रहरी बलको प्रमुखमा विष्णुप्रसाद जोशी

  • सोमवार, माघ ६, २०८२
काठमाडौं महानगरीय प्रहरी बलको प्रमुखमा विष्णुप्रसाद जोशी

काठमाडौं– काठमाडौं महानगरको महानगरीय प्रहरी बलको कमान्ड एसपी विष्णुप्रसाद जोशीले पाएका छन् । आगामी प्रतिनिधिसभा चुनाव लड्ने भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगै यसअघिका प्रमुख एसएसपी राजुनाथ पाण्डेले पनि हिजोको मितिबाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै वरिष्ठताको आधारमा जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरीको कमान्ड सम्हालेका हुन् । उनले यसअघि काठमाडौं महानगरको विपद् व्यवस्थापन प्रमुख, मध्यक्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालिसकेका छन् । उनले यसअघि पनितत्कालीन एसएसपी पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गर्दा पनि निमित्त भएर काम गरेका थिए ।

सम्बन्धित समाचार