AarthikBikash
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • राजनीति
  • मनोनयन दर्ताकै दिन रविलाई झड्का, पर्सा अदालतले माग्यो १ करोड धरौटी

मनोनयन दर्ताकै दिन रविलाई झड्का, पर्सा अदालतले माग्यो १ करोड धरौटी

  • मङ्लबार, माघ ७, २०८२
मनोनयन दर्ताकै दिन रविलाई झड्का, पर्सा अदालतले माग्यो १ करोड धरौटी

पर्सा-सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ ।

आज जिल्ला अदालतका न्यायाधीश रुद्र सुवेदीको इजलासले सहकारी ठगी प्रकरणको मुद्दामा रविसँग १ करोड धरौटी माग गरेको हो ।

गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । रवि अदालतमा हाजिर भएर फागुन २१ को निर्वाचनका लागि चितवन- २ मा मनोनयनमा जाने तयारीमा थिए ।

मनोनयन दर्ता कै दिनमा नै जिल्ला अदालतले सो आदेश दिएको हो ।

सम्बन्धित समाचार