AarthikBikash
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • राजनीति
  • मोरङ-६ बाट शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता

मोरङ-६ बाट शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता

  • मङ्लबार, माघ ७, २०८२
मोरङ-६ बाट शेखर कोइरालाले गराए उम्मेदवारी दर्ता

मोरङ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेता कोइरालाले आज विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

गत निर्वाचनमा पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले यसै निर्वाचन क्षेत्रबाट नेकपा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए ।

यो पटक कोइरालासँग एमालेका विनोद ढकालको प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार