AarthikBikash
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन : देशभर २९२५ जनाको उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचन : देशभर २९२५ जनाको उम्मेदवारी

  • मङ्लबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचन : देशभर २९२५ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिला उम्मेदवार ३ सय ३६ र पुरुष उम्मेदवार २ हजार ५ सय ८९ रहेको जानकारी दिए ।

समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ। यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्यामा केही थपघट हुन सक्ने सचिव राउतले बताए।

निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उजुरीउपर जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

त्यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

सम्बन्धित समाचार