काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन्। बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही र विभिन्न मन्त्रालयबाट पेस हुने प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ। त्यसैगरी आजको बैठकमा चुनावी सरकारका चार जना मन्त्रीले पद छोडेर निर्वाचनमा होमिएको सन्दर्भमा उत्पन्न परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे पनि मन्त्रिपरिषदमा छलफल हुन सक्ने बताइएको छ ।