AarthikBikash
बिहिबार, माघ ९, २०८२
  • होमपेज
  • राजनीति
  • बालेनको चुनावी दौडधुप: इलाम हुँदै पाँचथर पुगे

बालेनको चुनावी दौडधुप: इलाम हुँदै पाँचथर पुगे

  • बिहिबार, माघ ९, २०८२
बालेनको चुनावी दौडधुप: इलाम हुँदै पाँचथर पुगे

पाँचथर – चुनावी प्रचारप्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन )पाँचथर पुगेका छन् ।

बुधबारसम्म झापामा रहेका बालेन आज बिहान मात्रै मतदाता भेट्न इलाम पुगेका थिए ।

त्यहाँ उनले घरदैलो गर्दै विभिन्न कार्यकर्ता र समर्थकसँग भेटघाट गरेका थिए।

इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर-२ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए ।

त्यसअघि मंगलबार झापा–५ मा मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।

आफुले झापा–५ मा उम्मेदवारी दिए पनि पार्टीका अन्य उम्मेदवारहरुका लागि भोट माग्न पाँचथर पुगेका हुन् ।

सम्बन्धित समाचार