काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
बैठकमा निर्वाचनबारे छलफलदेखि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीमा घोषणा गर्नेसम्मका कार्यक्रम रहनेछन् ।
साथै विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएयता पनि आधिकारिकताको विवादका कारण विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन । जसकारण केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर बसेका थिए ।
शुक्रबार पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।