काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्ने भएका छन् ।
जनकपुरमा आयोजना हुने सभाका लागि कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरिनेछ ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको केन्द्रीय समितिको बैठकमा सभासम्बन्धी तयारी र कार्यविभाजनबारे छलफल गरिने जनाएको छ ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा नयाँ कार्यसमितिका पदाधिकारीले पदबहाली गर्ने कार्यक्रम छ ।
साथै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापासहितका पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।
सभापति थापा सर्लाही–४ बाट उम्मेदवार पनि रहेका छन् । विशेष महाधिवेशनपछि पुस ३० गते गगन थापा सभापतिमा निर्वाचित भएका थिए ।