AarthikBikash
शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • राजनीति
  • यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका ५ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका ५ निर्णय

  • शुक्रबार, माघ १०, २०८२
यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका ५ निर्णय

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै रणनीतिक महत्त्वका पाँच निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगनकुमार थापालाई २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले गरेको प्रस्ताव र उपसभापति पुष्पा भुसालले गरेको समर्थनलाई बैठकले सर्वसम्मत रूपमा पारित गर्दै थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा जाने निर्णय लिएको हो।

बैठकले निर्वाचन तयारीलाई तीव्र बनाउन पार्टी प्रवक्ता चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय पनि गरेको छ। यो समितिले आगामी निर्वाचनमा पार्टीको सन्देश, नारा र रणनीति तय गर्दै जनस्तरसम्म कांग्रेसको अभियान विस्तार गर्नेछ।

त्यस्तै, नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरिएको छ। यसले सानेपास्थित पार्टी कार्यालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने लक्ष्य लिएको छ।

बैठकले २०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक राजनीतिक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, पार्टीको संगठनात्मक सञ्चालनलाई चुस्त बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

CWC Meeting 2082.10.09 Padbhar Grahan

सम्बन्धित समाचार