तेह्रथुम-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको सिलसिलामा तेह्रथुम पुगेका छन् ।
तेह्रथुमको म्याङ्लुङ–देवीथानमा आयोजित भेटघाट कार्यक्रममा शाहले रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको साथमा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
कार्यक्रममा शाहले परम्परागत दलप्रति जनतामा बढ्दै गएको निराशा उल्लेख गर्दै वैकल्पिक राजनीति अपरिहार्य भएको बताए । उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई रास्वपाको मूल एजेन्डा भएको दाबी गर्दै मतदातासँग पुरानो राजनीतिक संस्कार तोड्ने आह्वान गरे।
झापा–५ बाट उम्मेदवारी दिएका शाह पूर्वी पहाडी जिल्लाहरूमा सघन चुनावी अभियानमा छन् । यसअघि उनी इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रहरूमा पुगेर जनसम्पर्क विस्तार गरिसकेका छन्।