AarthikBikash
शनिबार, माघ ११, २०८२
  • होमपेज
  • राजनीति
  • काठमाडौंबाट नै चुनाव जित्न सक्थेँ, तर आँट गरेर सर्लाही ४ रोजेँ : सभापति थापा

काठमाडौंबाट नै चुनाव जित्न सक्थेँ, तर आँट गरेर सर्लाही ४ रोजेँ : सभापति थापा

  • शनिबार, माघ ११, २०८२
काठमाडौंबाट नै चुनाव जित्न सक्थेँ, तर आँट गरेर सर्लाही ४ रोजेँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसलाई नजोडी नहुने भएकोले सर्लाही ४ रोजेको बताएका छन् । शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सर्लाहीका युवाहरूसँग उनले यस्तो बताएका हुन् ।

थापाले भने- ‘म पहिले तीन पटक चुनाव जितिसकेको थिएँ। काठमाडौं कि सर्लाही भन्ने कुरा टुङ्गो नलागेसम्म अन्य पार्टीहरूले उम्मेदवार तय गर्न सकेका थिएनन् । काठमाडौं नलड्ने निर्णय गरेपछि मात्रै उम्मेदवार दर्ता भएको हो। काठमाडौं ४ मा सहजै जित निकाल्ने अवस्था भए पनि म जानेर बुझेर सर्लाही ४ रोजेको हुँ । अघिल्लो पटक पनि मधेस जान चाहन्थेँ, अहिले आँट गरेर आएको हुँ ।’ आफूले सर्लाही–४ का युवाको भर परेर जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको उनको भनाइ थियो । सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार