AarthikBikash
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • राजनीति
  • ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले गरे अस्वीकार

ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले गरे अस्वीकार

  • आइतवार, माघ १२, २०८२
ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले गरे अस्वीकार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ‘लाइभ डिबेट’मा सहभागी नहुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताइरहेका बेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएका बालेनले भने डिबेट अस्वीकार गरेका हुन् । आइतबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष ओलीले सार्वजनिक बहसको प्रस्ताव गर्दै लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले ओलीलाई आतंककारी स्वीकार्न चुनौती दिए ।

बालेनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ उनले एमाले अध्यक्ष ओलीलाई आतंककारी स्वीकार्न पनि चुनौती दिए । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’

सम्बन्धित समाचार