काठमाडौं– नेकपा एमालेले आफ्ना संगठित सदस्यहरुलाई एक हुन आह्वान गर्दै पत्र पठाएको छ । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र पठाउँदै एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी लाग्न निर्देशन दिएको हो । एमालेका देशभर ६ लाख ६३ हजार संगठित सदस्य रहेका छन् । यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाइएको छ । ती सबै संगठित सदस्यहरुलाई एमालेले पत्र पत्र पठाउँदै पार्टीलाई जिताउने काममा लाग्न भनेको छ ।
‘यहाँलाई अवगत नै छ–आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबिचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु,’ पत्रमा भनिएको छ ।