AarthikBikash
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जित्‍नैपर्ने दबाबसहित स्कटल्यान्डसँग खेल्दै नेपाल

जित्‍नैपर्ने दबाबसहित स्कटल्यान्डसँग खेल्दै नेपाल

  • आइतवार, माघ १२, २०८२
जित्‍नैपर्ने दबाबसहित स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं– आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा खेलेका तीन खेलमध्ये एक खेल मात्र जितेको नेपाली महिला क्रिकेट टोली अब प्रतियोगिताको निर्णायक मोडमा छ । थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भएका सुरुवाती दुई खेलमा हार बेहोरेपछि तेस्रो खेलमा जिम्बाबेमाथि जित निकालेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्दै छ । अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जितले मात्र पनि पर्याप्त नहुन सक्छ ।

नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ । यो अवस्थामा समिकरणको कुरा गर्नुपर्दा नेपालले स्कटल्यान्डलाई हराएर नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ ।

नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अनि ४ अंक हुन्छ । यस्तोमा नेटरनरेट हेरिन्छ र स्कटल्यान्ड अहिले बलियो नेटरनरेटमा भएकाले नेपालले ठूलो जित निकाल्नुपर्ने छ । यदि नेपाल स्कटल्यान्डसँग पराजित भएम स्वत: बाहिरिनेछ र थाइल्यान्ड र स्कटल्यान्ड दुवै छनोट हुनेछन् । नेदरल्यान्ड्स यसअघि नै छनोट भइसकेको छ ।

सम्बन्धित समाचार