AarthikBikash
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोर टीम सदस्य भूपदेव र केपीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाँदै बालेन

कोर टीम सदस्य भूपदेव र केपीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाँदै बालेन

  • आइतवार, माघ १२, २०८२
कोर टीम सदस्य भूपदेव र केपीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाँदै बालेन

काठमाडौं– आफ्नो निर्वाचन क्षेत्र झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ पार्टीलाई भोट माग्न भोलि सुदूरपश्चिम जाने भएका छन् । चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । उनी सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनालले कैलाली २ बाट उम्मेदवारी दिएका छन् ।

बालेन यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम जान लागेको बुझिएको छ । झापामा रहँदा उनी विवादमा तानिएका थिए । झापामा उनले चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न भएको थियो । यद्यपी बालेनले उक्त गाडी त्यहीँ नै छोडेर आएका छन् । बालेनलाई महंगो लक्जरियस गाडी एक व्यवसायीले दिएका थिए ।

सम्बन्धित समाचार