AarthikBikash
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • राजनीति
  • म चटके कुरा गर्दिनँ, जिम्मेवारीपूर्वक काम गर्नेछु : गगन थापा

म चटके कुरा गर्दिनँ, जिम्मेवारीपूर्वक काम गर्नेछु : गगन थापा

  • मङ्लबार, माघ १४, २०८२
म चटके कुरा गर्दिनँ, जिम्मेवारीपूर्वक काम गर्नेछु : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय भाषामा दक्ष भएर मतदातासँग प्रत्यक्ष कुरा गर्ने बताएका छन् । मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नभएर यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्ने नेता भएको स्पष्ट पारे।

थापाले भने- ‘म यहाँको भाषा केही लाइन मात्र बोल्न जान्छु भनेर आएँ, तर म यहाँको जनप्रतिनिधि भइसकेपछि ६ महिना वा एक वर्ष लागोस्, म यहाँको भाषा सिकेर, सबैलाई नामले चिनेर फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु। त्यसपछि मात्र माइक समातेर भाषण गर्नेछु । म नौटङ्की गर्दिनँ, चटकेजस्तो कुरा गर्दिनँ। जिम्मेवारीपूर्वक तपाईँहरूको साथी, भाइ, छोराको रूपमा काम गर्न चाहन्छु ।’

आफू नौटङ्की र चटके कुरा गर्न नजान्ने भन्दै थापाले सर्लाही–४ का जनताको जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने बताए। साथै अन्य नेताहरू जस्तो चुनावका बेला हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र पछि छु–मन्तर भएर हराउने प्रवृत्ति आफूमा नभएको थापाले जिकिर गरे।

सम्बन्धित समाचार