AarthikBikash
शनिबार, माघ १८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

  • शनिबार, माघ १८, २०८२
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ।

तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाका भनाइ छ ।

सम्बन्धित समाचार