AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • रेशम चौधरी उम्मेदवार बन्न नपाउने

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

  • आइतवार, माघ २६, २०८२
रेशम चौधरी उम्मेदवार बन्न नपाउने

काठमाडौं – सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।सर्वोच्च अदालतले आदेशमा रिट निवेदनमा संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ (९) र (१०) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ (घ) सम्बन्धी व्याख्याको प्रश्न समेटिएको उल्लेख गरेको छ । अदालतले ती संवैधानिक तथा कानुनी प्रावधानको व्याख्या अन्तिम सुनुवाइका क्रममा हुने भन्दै सुविधा सन्तुलनका आधारमा मागअनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

सम्बन्धित समाचार