AarthikBikash
सोमवार, फाल्गुन ४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पोखरामा मापसे गरेर स्कुल बस चलाउने ५ जना चालक प्रहरी नियन्त्रणमा

पोखरामा मापसे गरेर स्कुल बस चलाउने ५ जना चालक प्रहरी नियन्त्रणमा

  • सोमवार, फाल्गुन ४, २०८२
पोखरामा मापसे गरेर स्कुल बस चलाउने ५ जना चालक प्रहरी नियन्त्रणमा

कास्की – पोखराका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलका बस चालक आन्नद परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलका चालक गौतम गुरुङ, बिन्देश्वरी बोर्डिङ स्कुलका चालक भक्तबहाुर गुरुङ रहेका छन् । त्यसैगरी अञ्जली बोर्डिङ स्कुलका बस चालक डम्बर बहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलका चालक पदम विक रहेका छन् ।

कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले सोमबारदेखि चेकिङ सुरु गरेको थियो ।

सो क्रममा ५ जना चालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई नियमानुसार आवश्यक कारबाही गरिने बताइएको छ ।

पोखरामा केही समयदेखि स्कुल बस दुर्घटना बढ्न थालेपछि प्रहरीले त्यसतर्फ चासो देखाएको हो ।

सम्बन्धित समाचार