AarthikBikash
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंका यी स्थानमा आज चार घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आज चार घण्टा बिजुली अवरुद्ध हुने

  • शनिबार, चैत्र २१, २०८२
काठमाडौंका यी स्थानमा आज चार घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।

सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुने उल्लेख छ ।

सम्बन्धित समाचार