AarthikBikash
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • राजनीति
  • रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको पनि समर्थन

रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको पनि समर्थन

  • शुक्रबार, फाल्गुन १५, २०८२
रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको पनि समर्थन

काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गरेको घोषणा गरेका हुन्।

नेकपाका संयोजक प्रचण्डको साथ छाडेपछि शर्मा पहिलो पटक चुनावी मैदानमा छन्। तत्कालीन माओवादी केन्द्रबाट शर्माले ०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन्। त्यहाँ एमाले नन्दराम देवकोटा, कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाहीलगायत उम्मेदवार छन्। शर्माले एमालेले पनि समर्थन गरेको छ।

सम्बन्धित समाचार