AarthikBikash
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

  • आइतवार, फाल्गुन १७, २०८२
युएईमा इरानले आक्रमण गर्दा एक नेपालीसहित तीनको मृत्यु

एजेन्सी – युएईमा भएको इरानी आक्रमणका क्रममा एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ ।

युएईको रक्षा मन्त्रालयका अनुसार शनिबारदेखि जारी यस आक्रमणमा परी नेपाली, पाकिस्तानी र बंगलादेशी नागरिकले ज्यान गुमाएका हुन् ।

गल्फ न्यूजका अनुसार आक्रमणमा परी विभिन्न देशका ५८ जना सामान्य घाइते भएका छन् ।

मन्त्रालयका अनुसार देशको वायु सेना र हवाई रक्षा प्रणालीले अहिलेसम्म १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरिसकेको छ ।

जसमध्ये अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरिएको छ।

सम्बन्धित समाचार