AarthikBikash
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, देश छाड्न कर्मचारी र नागरिकलाई आदेश

अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, देश छाड्न कर्मचारी र नागरिकलाई आदेश

  • बुधबार, फाल्गुन २०, २०८२
अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, देश छाड्न कर्मचारी र नागरिकलाई आदेश

एजेन्सी – अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ । बढ्दो तनावका बिचमा अमेरिकाले तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको हो ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मङ्गलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ।

सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ। यसअघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुईवटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए।

कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ।

अमेरिकी विदेश विभागले गैर–आवासीय कर्मचारी उनीहरूका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराककालाई अनुरोधसमेत गरेको जनाइएको छ।

सम्बन्धित समाचार