AarthikBikash
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बमसहित पक्राउ परेका नेकपाका उम्मेदवार चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने

बमसहित पक्राउ परेका नेकपाका उम्मेदवार चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने

  • बुधबार, फाल्गुन २०, २०८२
बमसहित पक्राउ परेका नेकपाका उम्मेदवार चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने

वीरगञ्ज – विस्फोटक पदार्थ (बम) सहित फेला परेका पर्सा-२ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चलाइने भएको छ ।

वीरगञ्जको बरहनियार चोकमा बुधबार राति नियमित चेकजाँचक्रममा उनी सवार बा१०च १२५० नम्बरको रातो कारबाट बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला परेको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले शंकास्पद सामान फेला पर्नासाथ उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र गाडी चालकलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपाली सेनाले दिने रिपोर्टका आधार चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिने भएको छ ।

कार्यालय खुलेपछि जिल्ला अदालतमा म्याद थपका लगी लगिने छ । उनीहरू सबै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।  फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको छ ।

सम्बन्धित समाचार