झापा – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे ११ बजेसम्म २८ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २८ प्रतिशत मतदान भएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् ।
यस क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)बीच रोचक प्रतिस्पर्धा छ ।