काठमाडौं – नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलका लागि तय गरिएका आज र भोलिका सबै उडान पूर्ण रूपमा रद्द गरेको छ।
मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थिति तथा हवाई क्षेत्र बन्द भएका कारण पछिल्लो समय निगमले दोहा उडान रद्द गर्दै आएको छ।
सोही सिलसिलामा बिहीबार र शुक्रबारका उडान रद्द गरिएको निगमले जनाएको छ।
निगमले दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे यात्रा गर्नुअघि आधिकारिक सूचना अनिवार्य रूपमा जाँच गर्न यात्रुहरूलाई आग्रह गरेको छ। तोकिएको सम्पर्क नम्बर वा निगमको आधिकारिक माध्यमबाट पुष्टि गरेर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न अनुरोध गरिएको छ।
थप जानकारीका लागि निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न र अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९ र ९८५१४२२१५६ मा सम्पर्क गर्न निगमले अनुरोध गरेको छ।