AarthikBikash
शुक्रबार, फाल्गुन २२, २०८२
  • होमपेज
  • राजनीति
  • काठमाडौं–३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौं–३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

  • शुक्रबार, फाल्गुन २२, २०८२
काठमाडौं–३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतको अन्तरले पराजित गरेका हुन्।

सम्बन्धित समाचार