AarthikBikash
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • राजनीति
  • भक्तपुर-१ मा ३४ वर्षपछि रास्वपाले भत्कायो नेमकिपाको गढ

भक्तपुर-१ मा ३४ वर्षपछि रास्वपाले भत्कायो नेमकिपाको गढ

  • शनिबार, फाल्गुन २३, २०८२
भक्तपुर-१ मा ३४ वर्षपछि रास्वपाले भत्कायो नेमकिपाको गढ

काठमाडौं – भक्तपुर-१ मा ३४ वर्षदेखिको नेपाल मजदुर किसान पार्टीको विरासत राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक तोडेको छ । ०४८ सालदेखि निरन्तर जित्दै आएको नेमकिपालाई ३४ वर्षपछि पहिलो पटक रास्वपाले हराएको हो ।

रास्वपाका उम्मेदवार रूकेश रञ्जित ३३ हजार ४३६ मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत ल्याए । उनीहरूबीचको मतान्तर ५ हजार २८९ रहेको छ ।

यहाँ रास्वपाका रास्वपा र नेमकिपाबाहेक कसैको पनि जमानत जोगिएन । कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत बहादुर खड्का २ हजार ४७२, नेकपाका हरिराम लवजूले १ हजार १७७ मत मात्रै पाए ।

भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ सालदेखि २०७० सालसम्म पाँच पटक लगातार जितेका थिए। उनी २०४८, २०५१, २०५६, २०६४ र २०७० का निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

बिजुक्छेपछि प्रेम सुवाल भक्तपुर १ बाट जिल्दै आएका थिए । उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । तर, तेस्रो पटक मैदानमा उत्रिएका सुवाललाई पार्टीको विरासत नै तोडिने गरी धक्का लागेको छ।

सम्बन्धित समाचार