काठमाडौं-चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई पछि पर्दै जित हासिल गरेकी हुन् ।
सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकालेकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत ल्याइन् ।
गौतम र दाहाल बिचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ । गौतमलाई रेणुले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै सोवितालाई शुभकामना दिएकी छन् ।