भक्तपुर – भक्तपुरको सल्लाघारीमा लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ ।
मंगलबार ह्युम पाइप भित्र रुमालमा पोको पारेर राखिएको अवस्थामा ४१ राउण्ड गोली बरामद भएको हो ।
थ्रिनट थ्रि राइफलको २० राउण्ड र अन्य विभिन्न हतियारमा लाग्ने थप २१ राउण्ड गोली भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उक्त गोली जेनजी प्रदर्शन हुँदा आन्दोलनकारीले प्रहरीका युनिटहरुबाट लुटेको आशंका गरिएको छ ।
गोली कुन प्रहरी युनिटबाट लुटिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।