AarthikBikash
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ओमानको सलालाह बन्दरगाहमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी

ओमानको सलालाह बन्दरगाहमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी

  • बिहिबार, फाल्गुन २८, २०८२
ओमानको सलालाह बन्दरगाहमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी

एजेन्सी – ओमानको दक्षिणी सहरस्थित सलालाह बन्दरगाहमा ड्रोन आक्रमण हुँदा तेल भण्डारण ट्याङ्कहरूमा आगलागी भएको छ ।

ओमानको सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणपछि बन्दरगाह परिसरभित्र रहेका इन्धन भण्डारण ट्याङ्कहरूमा आगो लागेको हो। घटनापछि दमकल टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ।

हालसम्म उक्त आक्रमणबाट मानवीय क्षतिको कुनै विवरण सार्वजनिक भएको छैन। साथै बन्दरगाहमा रहेका व्यापारिक जहाजहरूलाई पनि क्षति नपुगेको समुद्री सुरक्षा कम्पनीले जनाएको छ।

घटनापछि ओमानका सुल्तानहैथम बिन तारिक अल-सैदले इरानका राष्ट्रपति मसुद पज्स्कियानसँग टेलिफोन संवाद गर्दै ओमानी भूभागमा भएको आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सुल्तान हैथमले ओमानको सुरक्षा, स्थिरता र सार्वभौमिकता जोगाउन सरकारले आवश्यक सबै कदम चाल्ने पनि स्पष्ट पारे ।

सम्बन्धित समाचार