AarthikBikash
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

  • बिहिबार, फाल्गुन २८, २०८२
बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन

कास्की – नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन भएको छ ।

कास्की जिल्ला ईन्चार्ज समेत रहेका थापा बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा अचानक ढलेका थिए

बैठकस्थलमै अचेत भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

हृदयघातका कारण उनको निधन भएको अस्पताल प्रशासनले बताएको छ। अहिले उनको शव मणिपाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

थापा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा चर्चामा रहेका थिए । पार्टीले उनलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि स्थानीय स्तरमा विरोध भएपछि अन्तिम समयमा उनको टिकट खोसिएको थियो ।

उनको स्थानमा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो ।

सम्बन्धित समाचार