AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाका ५७ जना समानुपातिक सांसदको सूची तय, ४८ महिला र ९ पुरुष

रास्वपाका ५७ जना समानुपातिक सांसदको सूची तय, ४८ महिला र ९ पुरुष

  • आइतवार, चैत्र १, २०८२
रास्वपाका ५७ जना समानुपातिक सांसदको सूची तय, ४८ महिला र ९ पुरुष

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको सूची तय गरेको छ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न क्लस्टरअनुसार ५७ जना समानुपातिक सांसदको सूची तय गरेको हो ।

सूचीअनुसार ५७ मध्ये ४८ महिला र ९ जना पुरुष रहेका छन्।

जसमध्ये खस आर्यतर्फ  १७, जनजाति १६, मधेशी ९, दलित ८, थारू ४ र मुस्लिमतर्फ ३ जनाको नाम तय गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए ।

को-को परे भन्ने रास्वपाले खुलाएको छैन ।  निर्वाचन आयोगले नामावली रुजु गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले बताए ।

उनका अनुसार सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आज निर्वाचन आयोगमा बुझाउने छ। रास्वपाले प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै १२५ सिट जितेको छ।

सम्बन्धित समाचार