AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक, समानुपातिक सांसदको टुंगो लगाइने

कांग्रेस कार्यसम्पादन समितिको बैठक, समानुपातिक सांसदको टुंगो लगाइने

  • आइतवार, चैत्र १, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक, समानुपातिक सांसदको टुंगो लगाइने

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

फागुन २१ को निर्वाचनपछि आज पार्टी कार्यालय सानेपामा कांग्रेसको पहिलो औपचारिक बैठक बसेको हो ।

आजको बैठकमा कांग्रेसले समानुपातिकको नाम टुंगो लगाउनेछ ।

निर्वाचन आयोगले यसअघि तीन दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको थियो ।

त्यसैले आजै नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले बैठक बसेको हो ।

बैठकमा पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ ।

चुनावमा भएको सर्मनाक हारपछि पार्टी सभापति गगनकुमार थापा पनि पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन् ।

सम्बन्धित समाचार